एसइई उत्तिर्ण विद्यार्थीहरुलाई मादी ६ को सम्मान
पाेखरा | साउन १५, २०८०
पोखरा: कास्कीको मादी गाउँपालिका ६ वडा कार्यालयले २०७९ को एसइई परीक्षामा उत्तिर्ण भएका १४ जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
मादी गाउँपालिका ६ स्थित महारुद्र माध्यमिक विद्यालयबाट ०७९ को एसइई परीक्षामा उत्तिर्ण विद्यार्थीहरुलाई वडा कार्यालयले एक कार्यक्रमका बीच सम्मान गरेको हो ।
कार्यक्रममा वडाध्यक्ष डिल बहादुर क्षेत्रीले अबको विद्यार्थीहरुले नैतिक शिक्षासँगै व्यवहारिक शिक्षालाई पनि जोड दिन आवश्यक रहेको बताए ।
‘आजका विद्यार्थीहरु भोलिका कर्णधार हुन्, विद्यार्थीहरुले नैतिक शिक्षासँग व्यवहारिक शिक्षालाई जोड दिन आवश्यक छ’, उनले भने, ‘ समाज र देश विकासको लागि व्यवहारिक शिक्षा अनिवार्य छ ।’
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...
पोखरा । पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

